You are viewing the translated version of परिषद्को काम, कर्तव्य र अधिकार.

Section 8
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) णशु स्वास्थ्य तथा पशु सेवा व्यवसायलाई सुव्यवस्थित, स्तरीय, मर्यादित र प्रभावकारी बनाउन आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रालय समक्ष पेश गर्ने,
(ख) णशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सुचारु रुपबाट सञ्चालन गर्न नेपालः सरकारबाट स्वीकृत नीति, योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने, गराउने,
(ग) णशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको राष्ट्रिय मापदण्ड तयार गरी मन्त्रालयबाट स्वीकृत गराई लाग्‌ गर्ने,
(घ) पशु तथा पशुजन्य पदार्थ उत्पादन, पशु प्रजनन्‌ सम्बन्धी सामग्रीको उत्पादन, प्रशोधन, वितरण तथा पशुपालन प्रणालीलाई गुणस्तरयुक्त बनाउन मन्त्रालयलाई सुझाव दिने,
(ङ) णशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको योग्यता निर्धारण गर्ने,
(च) णशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीका सम्बन्धमा प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गर्ने,
(छ) प्रदेश कानूनले तोकेको निकायबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सम्बन्धी एकीकृत अभिलेख संकलन तथा अद्यावधिक गर्ने,
(ज) णशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको राष्ट्रिय स्तरको आचार संहिता तयार गरी लाग्‌ गर्ने, गराउने,
(झ) णशु स्वास्थ्य तथा पशु सेवासँग सम्बन्धित विषयमा मन्त्रालयलाई आवश्यक परामर्श दिने,
(ज) अन्तर्राष्ट्रिय अभ्यास बमोजिम पशु स्वास्थ्य सेवासँग सम्बन्धित अनुसन्धान वा अनुभवहरुको आदान प्रदान गरी नेपालका लागि उपयुक्त हुने विषयहरु लागू गर्न मन्त्रालय समक्ष सुझाव पेश गर्ने,
(ट) परिषद्ले निर्धारण गरेको आचार संहिताको पालना गरे नगरेको सम्बन्धमा निरीक्षण, सुपरिवेक्षण र अनुगमन गर्ने र आचार संहिताको पालना नगरेको पाइएमा त्यस्ता पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम परिषद्मा दर्ता भएकोमा दर्ता किताबबाट हटाउने र प्रदेशको निकायमा दर्ता भएकोमा दर्ता किताबबाट नाम हटाउन लेखी पठाउने,
(ठ) परिषद्को उद्देश्य प्राप्तिका लागि आवश्यक पर्ने अन्य कार्य गर्ने ।